महोत्तरी : महोत्तरी जिल्ला अदालतले सामूहिक बलात्कारको आरोपमा चार जना युवकलाई जेल चलान गरेको छ । जेल चलान हुनेमा महोतरीको जलेश्वर नगरपालिका ६ का २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय संतोष कुमार ठाकुर, २६ वर्षीय खुसनुर अंसारी र १९ वर्षीय प्रभन्स पंडित रहेको जिल्ला अदालत महोतरीले जनाएको छ ।
गत फागुन १५ गते जलेश्वरमा लागेको परिक्रमा मेलाकै राति मेला भर्न गएकी २ किशोरीमाथि बलात्कार गर्नेलाई जेल सजाय भएको हो ।
घटनामा संलग्न थप तीन जना फरार रहेका छन् भने प्रहरीले उनीहरुको पनि व्यापक रुपमा खोजतलाश गरिरहेको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies