योगी योगेन्द्र/मध्यान्ह
दोहा : कुवेतमा पहिलो पटक एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । ती नेपाली कोरोना संक्रमितको सम्पर्कमा भएका कारण सरेको बताइएको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा १ जना नेपालीसहित २८ जना नयाँ संक्रमित फेला परेका हुन् । कुवेतमा कोरोना संक्रमितको संख्या ३ सय १७ पुगेको छ ।
त्यहाँ ८० जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २३७ जनाको उपचार भैरहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच कुवेतस्थित नेपाली दूताबासले कुवेत सरकारले कोरोना सङक्रमण रोकथामका लागि रातिको समयमा अनिश्चितकालिन कर्फ्यु लगाएको भन्दै कर्फ्युको पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ । कर्फ्यु नमानेमा जेल सजाय र १० हजार कुवेती दिनार जरिवाना हुने दूतावासले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies