योगी योगेन्द्र/मध्यान्ह
दोहा : कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) संक्रमणको कारण लकडाउनमा रहेको सनैया क्षेत्रको १ देखि ३२ नम्बर सम्मको एरिया अर्को सूचना जारी नहुन्जेल सम्म थप बन्द गरिएको छ ।
खाना र स्वास्थ्य सामग्री अभाब हुन नदिने तथा आपतकालिन अवस्थाको लागि त्यस ठाउँमा तीन वटा क्किनिक राखिने बुधबार एक पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
यस्तै निजी क्षेत्रका ८० प्रतिशत कामदारले घरबाटै काम गर्नुपर्ने र बाँकीले बिहान सात बजेदेखि दिउसो एक बजेसम्म मात्र काम गर्न पाउने (फार्मेसी होटेल र फूड डेलिभरी बाहेक) छन् ।
कम्पनीका सवारी साधनहरुले क्षमता भन्दा आधा मात्रै कामदार बोक्न पाउने छन् भने सरसफाई कम्पनीहरुले घरको काम बन्द गर्नु पर्नेछ I
कोरोना भाईरस (कोभिड-१९) बाट बुधबार थप ५४ जना संक्रमित भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ८ सय ३५ पुगेको छ भने अहिले सम्म २ जनाको मृत्यु भएको छ। अहिले सम्म ७१ निको भएर घर फर्किएका छन् ।
हालसम्म २४ हजार ८ सय २५ को जाँच गरिएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सम्म नेपालीहरूमा भने संक्रमण नदेखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies