चितवन : चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक युवतिको र्यालको नमुना परीक्षण गरिने भएको छ । केन्द्रीय प्रयोगशाला काठमाडौंबाट परीक्षणको नतिजा नआएसम्म मृत शरिरलाई छुट्टै सुरक्षित राखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीका अनुसार बिहिबार राती सिन्धुली घर भएकी २६ वर्षीया उषा कुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राती १२ बजे अस्पताल ल्याइएको राईको सघन उपचार कक्षमा उपचारकै क्रममा बिहान २ वजे मृत्यु भएको हो ।
अस्पतालले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने जानकारी दिएको छ । युवतिको मृत्युको कारण नतिजा आए पछि थाहा हुने भएकाले उच्च साबधानी अपनाईएको अस्पतालको भनाइ छ ।
कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ । सिन्धुलीको हरीहरपुर गाउँपालिका वडा नम्बर २ की राईलाई हेटौंडा अस्पतालले राती थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies