२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नेपालकी पहिलो महिला राजदूत शाहको निधन

Nada
२०८१ पुष १८ गते १३:२२
Shares
नेपालकी पहिलो महिला राजदूत शाहको निधन

काठमाडौंः नेपालकी पहिलो महिला राजदूत बिन्देश्वरी शाहको निधन भएको छ। नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पुर्‍याएकी शाहको ९१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।

ncell

सन् १९८८ मा तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए ।  वासिङटन डिसी, ढाका र नयाँ दिल्लीमा विभिन्न कूटनीतिक जिम्मेवारी पनि उनले सम्हालेकी थिइन् ।

सन् १९३३ फेब्रुअरी १३ मा भारतको कर्सियोङमा जन्मेकी शाहले सेन्ट हेलेन्स कन्भेन्ट, कुर्सियोङबाट स्कुले शिक्षा लिएकी थिइन् भने अमेरिकाको बर्नार्ड कलेज, कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेकी थिइन्।


 

ताजा खबर

सम्बन्धित खबर