सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : मुलुकभर लकडाउनको अवस्था भइरहँदा नवलपरासीमा गैर कानुनी धन्दा बढ्न थालेको पाइएको छ । यद्यपि प्रहरीको सकृयताले ग़लत कार्य गर्नेहरु भने कार्वाहीको दायरामा आएका छन् ।
यसै क्रममा नवलपरालीको सुस्ता गााउँपालिका वडा ३ शान्ति टोलमा लागु औषध सहित १ ब्यक्ति पक्राउ परेका छन् । सुस्ता - २ गुदरिया बस्ने ३८ बर्षीय रंगलाल गुप्तालाई कुडिया प्रहरीले आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्ने गुप्तासंग अनरेस ८ पिस , नाईट्रोभेट १४७ आईपिल ९ पिस , वाईनस्पोन ५७६ पिसका साथै भारतीय नम्बर प्लेट यु.पी.५७ आर ८२७१ नम्बरको मोटरसाईकलसमेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।
साथै सोही घटनामा संलग्न रहेको आरोपमा बर्दघाटका थप दुई युवालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies