एजेन्सी : कोरोना भाइरसको प्रकोप विश्वभर फैलिसकेको छ । चीनको बुहानबाट शुरु भएको कोरोनाको प्रकोप अहिले अमेरिकामा झनै तीब्र गतिमा बढी रहेको छ ।
न्युयोर्कमा जनावरलाई पनि कोरोना भाइरस पुष्टि भएपछि त्रास झनै बढेको छ । न्यूयोर्कमा रहेको एक चिडियाखानाको बाघमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
न्यूयोर्कको ‘ब्रोनक्स जू’ मा रहेको एउटा बाघमा कोरोना पोजेटिभ भेटिएको हो । त्यहाँको कुषि विभाग अन्तर्गत रहेको नेशनल भेटेनरी सर्भिसेज ल्याबरोजरीजका अनुसार जनावरमा कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना हो ।
ब्रोनक्स चिडियाखाना वाइल्डलाइफ कन्जरभेशन सोसाइटीका अनुसार चार वर्षको मलायन प्रजातिको बघीनिमा त्यहाँ काम गर्ने मानिसबाटै संक्रमण भएको हुन सक्छ । अमेरिकाले चिडियाखाना आम सर्वसाधारणका लागि १६ मार्चदेखि बन्द गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies