२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

ठगीको आरोप लागेपछि लेखा समितिका सभापति पोखरेलले बर्खास्त गरे स्वकीय सचिव

Nada
२०८१ पुष १९ गते १२:१७
Shares
ठगीको आरोप लागेपछि लेखा समितिका सभापति पोखरेलले बर्खास्त गरे स्वकीय सचिव

काठमाडौं : सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेललाई बर्खास्त गरेका छन् । 

ncell

ठगीको आरोप लागेपछि लेखा समिति सभापति पोखरेलले स्वकीय सचिव अनिलकुमारलाई जिम्मेवारीबाट हटाएका हुन् ।

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।

 उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाएका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै सभापति पोखरेलले भनेका छन्, 'मेरो स्वकीय सचिवको रूपमा कार्यरत अनिल कुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निज माथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।'

ताजा खबर

सम्बन्धित खबर