काठमाडौं : लोकसेवा आयोगले निजामतीमा सेवा प्रवेशको हद ३२ वर्ष कायम गर्न प्रस्ताव गरेको छ ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले निजामतीमा सेवा प्रवेशको हद खुलामा ३२ वर्ष र समावेशीमा ३७ वर्ष नै उपयुक्त हुने बताए ।
प्रस्तावित विधेयकमा पनि सेवा प्रवेशका लागि पुरुषको लागि ३२ र महिलाको लागि ३७ वर्षको समयसीमा राख्ने भनिएको छ ।
सांसदहरूले भने अहिले रहेको जस्तै पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्ष नै उचित हुने तर्क गरेका छन् ।
अध्यक्ष रेग्मीले अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने पनि प्रस्ताव समेत गरे ।