सप्तरी : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियाे बनाउन नेपाली कांग्रेसलाई बलियाे बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयाेजना गरेकाे कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै उपप्रधानमन्त्री सिंहले यस्ताे बताएका हुन् ।
उनले ठुलाे संघर्ष र बलिदानबाट अहिलेकाे लाेकतान्त्रिक व्यवस्था प्राप्त भएकाे भन्दै यसलाई बलियाे बनाउन कांग्रेस बलियाे हुनुपर्नेमा जाेड दिए । कांग्रेस पूर्वमहामन्त्रीसमेत रहिसकेका सिंहले पार्टी संगठन महत्त्वपूर्ण हुने भन्दै कांग्रेसकाे संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह पनि गरे । उनले कांग्रेसकै नेतृत्वमा भएकाे आन्दोलनले रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएकाे स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेकाे बताए ।
उनले आवश्यक्ताकाे सिद्धान्तअनुसार कांग्रेस-एमालेकाे सरकार बनेकाे बताए । 'अहिले संसदकाे दुई ठुला दल मिलेर सरकार बन्दा कहिँ नभएकाे भयाे भनेकाे सुन्छु । आवश्यक्ताकाे सिद्धान्तअनुसार दुई ठुला दल मिलेर सरकार बनेकाे हाे,' उनले भने, 'साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयाे । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियाे । बलियाे सरकार बनाेस् भन्ने जनचाहनाअनुसारनै वर्तमान सरकार बनेकाे हाे ।'
उनले आवश्यकताकाे सिद्धान्तअनुसार विगतमा बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रीपरिषद्काे अध्यक्ष बनाएकाे चर्चा गर्दै जनचाहनाअनुसार दुई ठूला पार्टी मिल्नु असामान्य नभएकाे बताए ।
राजनीतिक स्थायित्व बिना आर्थिक समृद्धि नहुने भन्दै उपप्रधानमन्त्री सिंहले अहिलेकाे सरकारले राजनीतिक स्थीरताकाे जगमा आर्थिक समृद्धिका लागि काम गरिरहेकाे बताए । सिंहले सप्तरीमा रहँदा पार्टी कार्यकर्ताहरूसँग भेटघाट र अन्तरक्रिया गर्नेछन् भने लहान नगरपालिकाकाे कार्यक्रममा पनि सहभागी हुनेछन् ।