२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

जनसम्पर्क समिति कतारको नवौं रक्तदान कार्यक्रम सम्पन्न

Nada
तिलु शर्मा पौडेल
२०८१ पुष १९ गते १९:०३
Shares
जनसम्पर्क समिति कतारको नवौं रक्तदान कार्यक्रम सम्पन्न

दोहा, कतार : नेपाली जनसम्पर्क समिति कतारले ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको पारेर बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिहान नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।

ncell

१६० जनाको उपस्थिति रहेकोमा ७८ जनाले नाम दर्ता गरे पनि विभिन्न कारणले ५२ जनाले मापदण्ड अनुसार रक्तदान गर्न सफल भएको समितिका उपसभापति तथा कार्यक्रमका संयोजक ठाकुर कुमार परियारले मध्यान्ह दैनिकलाई जानकारी दिए । समितिले मेलमिलाप दिवसका अवसरमा विगतका वर्षहरूमा रक्तदानसँगै वनभोज, सांस्कृतिक, साहित्यिकलगायतका कार्यक्रमहरूको आयोजना गरेर मनाउने गरेको भए पनि यो वर्ष रक्तदानलाई अलग रूपमा मनाएको हो । यही २४ तारिक १०औं वृहत वनभोज कार्यक्रमको आयोजना गर्न लागिएको समितिका सभापति अजिज अलिले बताए । 

कार्यक्रममा महासमिति सदस्य, संस्थापक, महाधिवेशन प्रतिनिधि, सल्लाहकार, पूर्वपदाधिकारी, इकाई कमिटी र राष्ट्रिय लोकतन्त्र समाजवादमा आस्थावानहरूको सहित कतारमा स्थापित वैचारिक, सामाजिक,  व्यावसायिक, सामुदायिक, साहित्यिक संघ संस्थाहरूको उपस्थिति रहेको थियो । रक्तदाताहरूलाई समितिले कदरपत्रले सम्मान गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर