२०८१ पुष २१ गते आइतवार / Jan 05 , 2025 , Sunday
२०८१ पुष २१ गते आइतवार
Ads

‘दीगो वन व्यवस्थापनलाई ध्यान दिन आवश्यक’

ADV
मेनका चौधरी
२०८१ पुष १९ गते २१:२८
‘दीगो वन व्यवस्थापनलाई ध्यान दिन आवश्यक’

बर्दिया : डिभिजन वन कार्यालय बर्दियाका प्रमुख तथा डिभिजनल वन अधिकृत विजयराज सुवेदीले दीगो वन व्यवस्थापनलाई ध्यान दिन आवश्यक रहेको बताएका छन् । उनले उमेर पुगेका रूख कटान र त्यस स्थानमा नयाँ बिरुवा उमार्ने प्रक्रियाले दीगो वन व्यवस्थापनलाई सहयोग पुर्‍याउने बताए । 

डिभिजन वन कार्यालयद्वारा आयोजित दीगो वन व्यवस्थापन तथा सम्बद्र्वन प्रणाली कार्यान्वयन सुदृढीकरण सम्बन्धी पत्रकारसँगको अन्तरक्रिया/गोष्ठीमा उनले वन व्यवस्थापन प्रणालीले वन क्षेत्रलाई उत्पादनशील बनाउनेमा जोड दिए । डिभिजन वन कार्यालयले वन व्यवस्थापन, वन तथा वन्यजन्तु संरक्षण, वन विकास, पैदावार बिक्रीवितरण र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई आफ्नो मुख्य कामका रूपमा अघि सारेको उनले बताए । 

उनले काठदाउरा वितरण, जैविक मार्गको व्यवस्थापन, वन डढेलो नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण लगायतका गतिविधिलाई वन कार्यालयले प्राथमिकतामा राखेको र यसले बर्दियाको दिगो वन व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । 

प्रमुख सुवेदीले भने, ‘बर्दियामा हाल २८२ सामुदायिक वन छन् । सामुदायिक वनहरूको प्रभावकारी भूमिका र सहकार्यमा सरकारले नयाँ योजनाहरू कार्यान्वयन गरिरहेको छ । यीमध्ये १६ वटा वन व्यवस्थापन योजनाहरू संशोधन भइसकेका छन् भने बाँकीलाई हालको प्रणालीअनुसार परिमार्जन गरिनेछ ।’ 

उनले दीगो वन व्यवस्थापन प्रणालीअनुसार बर्दियामा अनुमानित ६ हजार हेक्टर वन क्षेत्रको ३ हजारदेखि ४ हजार रूख कटान गरिने बताए । यो प्रक्रियाले वातावरणीय सन्तुलन कायम गर्दै जंगललाई पुनर्जन्म दिने उनको विश्वास छ ।  पुनरुत्पादन कटान, पतल्याउने कटान र सुधार कटान गरेर जंगललाई थप हराभरा बनाइने प्रमुख सुवेदीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise