२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

विष्णुमती करिडोरमा ट्र्याक खन्ने कार्यको शिलान्यास

ADV
मध्यान्ह
२०८१ पुष १९ गते २१:३२
विष्णुमती करिडोरमा ट्र्याक खन्ने कार्यको शिलान्यास

काठमाडौं : बुढानिलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमती करिडोरको ट्रयाक खोल्ने कार्य सुरु भएको छ । शुक्रबार बिहान काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ट्रयाकको शिलान्यास गरेका हुन् । 

संघीय सरकारबाट एक करोड विनियोजन गरी ससुरु भएको करिडोरको कामका लागि बजेट वृद्धिमा समेत सघाउने मन्त्री पौडेलले प्रतिबद्धता जनाए । करिडोर खुल्न नसक्दा विकासको काम पछि परेको भन्दै मन्त्री पौडेलले आफूले नागरिकको दुःख पीडा देखेरै त्यसलाई कम गर्न पहल गरेको बताए ।

‘यस करिडोरले दुवै तहको विकास र समृद्धिमा योगदान पुग्नेछ,’ मन्त्री पौडेलले भने, ‘नागरिकको विकास आवश्यकता पूरा गर्न हाम्रो सदैव साथ रहनेछ ।’

बुढानिलकण्ठ क्षेत्रमा सडक डिभिजन विभागबाट सडक विस्तार हुनेछ । यसैगरी टोखा नगर क्षेत्रको करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत् सडक विस्तारको काम सुरु भएको छ । 

हाल बुढानिलकण्ठको धनेश्वर धन्ने ढिकुरो क्षेत्रबाट ससुरु करिडोरको ट्रयाक स्कोन मन्दिरसम्म पुर्‍याउने लक्ष्य छ । क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर सफल पार्नेसमेत मन्त्री पौडेलले प्रतिबद्धता जनाए । 

कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी तथा सिचाइँ मन्त्री श्यामबहादुर खड्का, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसमेत सहभागी भएका थिए । उनीहरुले विकास निर्माणका लागि तीन वटै तहबीच समन्वय र सहभागीता रहने भन्दै मन्त्री पौडेलसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । 

बुढानिलकण्ठ–४ का वडाध्यक्ष श्रीराम केसीले बुढानिलकण्ठ र टोखा दुवैतर्फ बाटो खुलाउन सांसद एवं स्वास्थ्य मन्त्री पौडेलले सहयोग गरेको बताए । ‘बुढानिलकण्ठमा काम सुरु हुने योजना थियो,’ उनले भने, ‘मन्त्रीज्यूको पहलमा टोखामा पनि एकैसाथ काम ससशुरु भएको छ । यसमा बजेट थप गर्न सघाउने प्रतिबद्धता जनाउनुभएको छ ।’

करिडोर खन्ने चर्चा लामो समयदेखि भएपनि सुरु हुन सकेको थिएन ।  करिडोरको काम सम्पन्न भएमा दुवै तहको विकास र यातायातमा निकै सहजता पुग्ने वडाध्यक्ष केसीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise