२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

प्रेस सेन्टर कालीकोटमा नयाँ समिति 

Nada
कमल कुमाल
२०८१ पुष १९ गते २१:५७
Shares
प्रेस सेन्टर कालीकोटमा नयाँ समिति 

कालिकोट : प्रेस सेन्टर नेपाल कालीकोटको अध्यक्षमा वीरेन्द्र आचार्य दोहोरिएका छन् । शुक्रबार भएको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः अध्यक्षमा दोहोरिएका हुन् । उपाध्यक्षमा पूर्ण सिंह बम र सुरशानाथ योगी, सचिवमा कमल बुढा, सहसचिवमा दिनेश फर्साल र धनबहादुर सार्की र कोषाध्यक्षमा कमल कुमाल चयन भएका छन् ।

ncell

यस्तै वरिष्ठ सदस्यहरूमा केशव शाही, सजिप्ता बम तथा सदस्यहरूमा टीकाराज उपाध्याय, दिलिप चौलागाई, कल्पना चौलागाइँ, सुस्मिता वि.क, सत्य रोकाया, ऐनराज कार्की, तिलक विष्टलाई चयन गरिएको छ ।

तेस्रो जिल्ला अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव दिपेन्द्र शर्मा, केन्द्रीय सदस्य रत्न कार्की, प्रेस चौतारीकाबा कालीबहादुर मल्ल, खडानन्द अधिकारी, प्रेस युनियनका जिल्ला अध्यक्ष नमराज योगीसहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तुलाराम पाण्डे, माओवादी केन्द्रका जिल्ला सचिव सरोज बोगटी लगायतको उपस्थिति थियो ।

तेस्रो अधिवेशनबाट प्रेरणा वि.क लगायतका ६ जना प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिमा रुपेन्द्र ऐडीसहित ४ जना चयन गरिएको नवनिर्वाचित अध्यक्ष आचार्यले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर