२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

चितवन महोत्सव २५ पुसदेखि

shivam cement
मध्यान्ह
२०८१ पुष १९ गते २१:५९
चितवन महोत्सव २५ पुसदेखि

काठमाडौं : २५ पुसदेखि चितवन महोत्सवको १५औं संस्करण सुरु हुने भएको छ । चितवनको गौरव र ऐतिहासिक महत्व बोकेको यो महोत्सव १० माघसम्म चल्ने आयोजक उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । 

२०५३ सालदेखि हरेक २–२ वर्षको अन्तरालमा चितवन महोत्सव हुँदै आएको छ । राजधानीमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा महोत्सवको बारेमा जानकारी गराउँदै आयोजक समितिले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, औद्योगिक विकासलागायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जानकारी दियो ।

१५ दिनसम्म चल्ने महोत्सवमा विगतका वर्षहरू झैं खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरूको भेषभूषा, कला संस्कृति, ख्याति प्राप्त राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिका साथै प्रतियोगितात्मक कृषि उपजको प्रदर्शनीले निरन्तरता पाउनेछ । 

महोत्सवमा ७ वटा विशेष स्टल, डोम, कृषि परिसर, अटो परिसर, निर्माण एक्सपो, मेसिनरी स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित ४३० वटा स्टलहरू रहनेछन् । 

परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले क्याम्पसचौर नारायणगढमा फुड फेस्टिभलसहित जिल्लाको समग्र पक्षको विकासमा केन्द्रित रही सेमिनार तथा गोष्ठीलगायतका कार्यक्रम संचालन गरिने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सवका मूल संयोजक सुमन श्रेष्ठले बताए । 

नव उद्यमीहरूको पहिचान गर्ने उद्देश्यले स्टार्टअपलाई जोड दिँदै उद्यम गर्न चाहने युवाहरूको तथ्यांक संकलन गरिने संघका उपाध्यक्ष राजेन्द्र ओलीले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise