रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले एकै दिन तीन वटा विद्यालय भवनको शिलान्यास गरेकी छन् ।
नगर प्रमुख खातुनले फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियामा श्री आधारभूत विद्यालयको चार कोठे भवनको शिलान्यास गरिन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजना अन्तर्गत ५५ लाख रुपैयाँ लागतमा विद्यालय भवन बन्नेछ ।
यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५५ लाख रुपैयाँकै लागतमा फतुवा विजयपुर नगरपालिका–टेङ्ग्राहामा रहेकोे श्री माध्यमिक विद्यालयमा चार कोठा भवनको पनि कार्यवाहक नगरप्रमुख खातुनले शिलान्यास गरिन् । विद्यालयको भवन १२महिना भित्र सम्पन्न हुने छ ।
यस्तै सोही नगरपालिकाको वडा ८ विजयपुर बजारमा रहेको विजयपुर माध्यमिक विद्यालय पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बन्ने भवनको कार्यवाहक नगरप्रमुख खातुनले शिलान्यास गरिन् । चार कोठे सो विद्यालय भवन ५५ लाख रुपैयाँकै लागतमा निर्माण हुने कुरा प्रधानाध्यापक शंकर यादवले बताए ।