२०८२ असार १५ गते आइतवार / Jun 29 , 2025 , Sunday
२०८२ असार १५ गते आइतवार
Ads

कांग्रेस नेता शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने

shivam cement
मध्यान्ह
२०८१ पुष २० गते १०:५६
कांग्रेस नेता शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने

काठमाडौं : कांग्रेस नेता कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने

विराटनगर÷मध्यान्ह–नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला बेलायतको संसदभित्र सम्बोधन गर्न बेलायत जाने भएका छन् । बेलायतको संसदभित्र सम्बोधन गर्ने नेता कोइराला पहिलो नेपाली नेता हुनेछन् । 

बेलायतका विदेशमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत जाँदैछन् । बेलायतको संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, व्यापार, वाणिज्यमन्त्रीलगायत सांसदको उपस्थितिमा सम्बोधन गर्न पाउने नेपालबाट पहिलो र दक्षिण एशियाबाट दोस्रो नेता कोइराला बन्नेछन् । 

यसअघि नेपालका कुनै पनि राजनैतिक दलका नेताले बेलायतको संसदभित्र सम्बोधन गर्ने अवसर प्राप्त गरेका थिएनन् । प्रनितिधिसभा सदस्यसमेत रहेका नेता कोइराला बेलायतको संसद भवनभित्र यही जनवरी १३ का दिन एक विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

नेता कोइरालाले प्रजातन्त्रको जननी बेलायतको संसदभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्न पाउनु कांग्रेसका लागि मात्रै नभएर नेपाली राजनैतिक दलका नेता र नेपालका लागि निकै गर्वको कुरा भएको विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले बताए । नेता कोइरालाको राजनैतिक व्यक्तित्व निकै बढ्ने उनको भनाइ थियो ।
 
नेपाल–बेलायत सम्बन्ध स्थापित भएको २०९ वर्षदेखि नेपाली नेताले बेलायतको संसदमा गएर सम्बोधन गर्ने अवसर पाएका थिएनन् । बेलायत नेपाल सम्बन्धको इतिहासमा नेपालबाट बेलायत संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, वाणिज्य, व्यापारमन्त्रीको उपस्थितिमा सम्बोधन गर्न पाउने पहिलो नेपाली नेता डा. शेखर कोइराला बन्ने भएका छन् ।

 सादगी र बौद्धिक राजनैतिक व्यक्तित्व, लोकतन्त्र र मानवअधिकार रक्षा, शान्ति स्थापना, भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षको निरन्तर वकालत गरिरहेकाले संसद भवनभित्र सम्बोधनका लागि डा. कोइरालालाई निमन्त्रणा गरिएको बताइएको छ । 

नेता कोइरालाको बेलायत भ्रमणलाई लिएर नेपाली कांग्रेसका विभिन्न नेता र कार्यकर्ताहरुले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया जनाएका छन् । 

हिसानका केन्द्रीय उपाध्यक्षसमेत रहेका राजनैतिक विश्लेषक भेषराज पोखरेलले बेलायतले दिएको उच्च सम्मानले डा. शेखर कोइरालाको राजनैतिक उचाइ बढाएको प्रतिक्रिया दिए । नेता कोइरालाको कांग्रेसभित्र मात्रै होइन र राष्ट्रिय राजनीतिमै महत्व र आवश्यकता बढाएको पोखरेलको बुझाइ छ । बेलायतको संसदभित्र बोल्ने विषयवस्तुमाथि गम्भीर अध्ययन गरेर पूर्ण तयारीका साथ जान नेता कोइरालालाई विश्लेषक पोखरेलले सुझाव दिए ।  

ADV

सम्बन्धित खबर

Advertise