२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

ADV
मध्यान्ह
२०८१ पुष २० गते १४:३०
सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ : राष्ट्रि‌य सूचना आयोगले 'सूचनाको हकसम्बन्धी समसामयिक सवालहरू विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उच्च अदालत पाटनका न्यायाधीसहरूसहित भए‌को अन्तरक्रिया कार्यक्रममा सूचनाको हक कार्यान्वयन र न्याप सम्पादन‌का बिषयमा जोड दिइएको थियो ।

आयोगद्वारा आज आयोजित विशेष कार्यक्रमको उद्घाटन गर्दै  सर्वोच्च अदालतका न्यायाधीश शुनिल कुमार पोख्रेलले सूचना बौद्धिक सम्पत्ति भएको उल्लेख गरे ।  न्यायाधीश पोख्रेलले सूचनाको हक विश्वव्यापी अधिकारको रुपमा स्थापित भएको भन्दै जुन व्यक्तिसँग सूचना पर्याप्त छ, त्यो व्यक्ति सम्पत्तिको हिसावमा धनी हुने अवस्था आएको बताए । 

'कार्यक्रममा उच्च अदालत पाटनका कायममुकाम मुख्य न्यायाधीश लाल बहादुर कुँवरले मौलिक हकको कार्यान्वयनका लागि सूचना आयोग र उच्च अदालतको काधँमा जिम्मेवारी रहेको बताए । न्यायाधीश कुँवरले भने- 'आयोग स्थापना भएको पनि पन्ध्र वर्ष भइसकेको छ । समय सापेक्ष ऐन कानुन र नियमावलीले संशोधन माग गरेको छ । त्यसको लागि आयोगले आफ्नो अभ्यासको आधारमा कानुनमा परिमार्जनको आवश्यकक्ता छ ।'

आयोगका प्रमुख आयुक्त डा सुरेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उच्च अदालत पाटनका न्यायाधीश दुर्गा प्रसाद ढुंगेल र आयोगका आयुक्त दुर्गा भण्डारी पौडेलले आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा न्यायाधीशहरू लेखनाथ पौडेल, ब्रजेश प्याकुरेल, कृष्णराम कोइराला हेमन्त रावलले सुझाव राखेका थिए ।आयोगका सचिव कमल भट्टराईले कार्यक्रममा स्वागत मन्तव्य राख्नु राखेका थिए।
 

ADVADV

सम्बन्धित खबर

Advertise