२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

पर्यटकीय जिल्ला सोलुखुम्बुको विकासलाई तीव्रता दिइनेछ : प्रधानमन्त्री

himalayanlife
२०८१ पुष २० गते १८:०२
Shares
पर्यटकीय जिल्ला सोलुखुम्बुको विकासलाई तीव्रता दिइनेछ : प्रधानमन्त्री

सोलुखुम्बु : प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिने सोलुखुम्बुको विकासलाई तीव्रता दिन सरकारले कुनै कमी हुन नदिने बताएका छन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आज आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सोलुखुम्बुजस्तो विशेष महत्वको जिल्लामा विकासका संरचनाहरूलाई थप सबल बनाइने बताए ।

उनले उक्त सडकलाई पक्की बनाउने विषयमा प्रदेश र संघीय सरकारबीच सहकार्य कायम रहेको जानकारी गराउँदै भने, “यो सडकलाई कालोपत्रे बनाउने जिम्मा दुवै सरकारको हुनेछ । सोलुखुम्बुको विकासको अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन ।”

प्रधानमन्त्री ओलीले सोलुखुम्बु सहासिक व्यक्तित्वहरूको जिल्ला भएको उल्लेख गर्दै भने, “राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पा जस्ता विश्वविख्यात सहासिक व्यक्तिहरूको जन्मभुमि खुम्बुमा थप विकासका कामले पर्यटन प्रवर्द्धन गर्न ठुलो सहयोग पुर्‍याउनेछ ।”

प्रधानमन्त्री ओलीले सोलुखुम्बुलाई पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला भन्दै यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउने गरी विकासका कार्यक्रम अगाडि बढाउन सरकार तयार रहेको आश्वासन दिए । विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार भएको यो क्षेत्रले साहसिक पर्यटकहरूलाई आकर्षित गर्दै आएको उनको भनाइ छ ।

सडकको स्तरोन्नति र पूर्वाधारको विस्तारले यहाँको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने प्रधानमन्त्री ओलीको अपेक्षा छ । यस सडक निर्माणले खुम्बु क्षेत्रका बासिन्दालाई यातायात सुविधा सहज बनाउनुका साथै जिल्लाको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर