रौतहट : लामो समयदेखि रोकिएको रौतहटको माधवनारायण नगरपालिकाको नगर अस्पताल भवनको निर्माण कार्य सुरु भएको छ ।
माधवनारायणका नगर प्रमुख बैजनाथ प्रसाद यादवले केही वर्षदेखि रोकिएको नगर अस्पताल भवनको निर्माण कार्य पुनः सुचारु गराएका हुन् । माधवनारायण नगरपालिका -२ खेसरहियामा १५ शैयाको नगर अस्पताल निर्माण कार्य शनिबारबाट सुरु भएको हो ।
नगर अस्पताल निर्माण सम्पन्न भएपछि बाहिर महँगो शुल्क तिरेर उपचार गराउन जाने नगरवासीहरुको बाध्यता अन्त्य हुने मेयर यादवले विश्वास व्यक्त गरे ।
मेयर यादवले उक्त नगर अस्पतालको शनिबार अनुगमन निरीक्षण गर्दै गुणस्तरीय काम गर्न निर्माण कम्पनीका ठेकेदारलाई निर्देशन दिएका छन् ।
मेयर यादवले शनिवार नै सखुअवामा निर्माण हुँदै गरेको विद्यालय भवनको छत ढलान कार्यको पनि अनुगमन निरीक्षण गरेका थिए ।