२०८१ पुष २३ गते मङ्गलवार / Jan 07 , 2025 , Tuesday
२०८१ पुष २३ गते मङ्गलवार
Ads

हेटौँडा उपमहानगरपालिमा बाघको बढ्दो आतंक 

ADV
मध्यान्ह
२०८१ पुष २१ गते १२:०२
हेटौँडा उपमहानगरपालिमा बाघको बढ्दो आतंक 

हेटौँडाः दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेको छ । शनिबार राति स्थानीयहरुले गाउँ वरपरको क्षेत्रमा बाघ देखा परेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका हेटौँडा १२ का स्थानीय कुमार पोखरेलले हेटौंडा १२ र १३ को सिमाना बिचरोडमा बाघ देखिएको र सो बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको सामजिक संजाल मार्फत जानकारी दिएका छन् । 

पछिल्लो एक हप्तादेखि दक्षिण–पश्चिम मकवानपुरका मानिसहरु बाघको आतंकबाट त्रसित भएका छन् । स्थानीयहरुले बाघ देखिएको खबर गरेपछि बाघ नियन्त्रणको लागि निकुञ्जसँग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise