२०८१ पुष २३ गते मङ्गलवार / Jan 07 , 2025 , Tuesday
२०८१ पुष २३ गते मङ्गलवार
Ads

नयाँ पाइपलाइन बिच्छाइएका ठाउँमा चाँडै मेलम्चीको पानी पुग्छ : मन्त्री यादव

ADV
मध्यान्ह
२०८१ पुष २१ गते १८:१६
नयाँ पाइपलाइन बिच्छाइएका ठाउँमा चाँडै मेलम्चीको पानी पुग्छ : मन्त्री यादव

काठमाडौंः खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा पछिल्लो समय खानेपानीका नयाँ पाइप लाइनहरु बिच्छाइएका ठाउँहरुमा चाँडै मेलम्चीको शुद्ध पानी वितरण गरिने बताएका छन् ।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले काठमाडौंका अधिकांश ठाउँहरुमा खानेपानीका नयाँ पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेकाले चाँडै नै मेलम्चीको शुद्ध पानी वितरण गरिने बताएका हुन् ।

उनले भने, ‘नयाँ पाइपलाइन बिस्तारको कार्य करिब करिब सकिएर अहिले परीक्षणको काम हुँदैछ । केही दिन धैर्य गर्नुस् । नयाँ पाइपलाइन बिस्तार भइरहेका ठाउँमा म आफैं अनुगमनका लागि खटिदै आएको छु । अब सबैको घरघरमा नयाँ पाइपलाइनबाट मेलम्चीको पानी पठाउने छौं ।’

मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानीका पाइपलाइनबाट पानी चुहावट हुने समस्या तत्काल नियन्त्रण गर्नका लागि मातहतका निकायहरुलाई निर्देशन दिइएको पनि बताए । उनले सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइपहरु भत्काइएका र फुटाइएका भएपनि सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा उपत्यकामा खानेपानी वितरण प्रक्रियामा कठिनाइ उत्पन्न भएको गुनासो गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise