२०८१ पुष २३ गते मङ्गलवार / Jan 07 , 2025 , Tuesday
२०८१ पुष २३ गते मङ्गलवार
Ads

स्टार्टअप उद्यम कर्जाको प्राथमिकतामा कृषि क्षेत्र, सर्टलिस्टमा १३ सय १४ परियोजना छनोट

ADV
छबि सापकोटा
२०८१ पुष २१ गते २१:०२
स्टार्टअप उद्यम कर्जाको प्राथमिकतामा कृषि क्षेत्र, सर्टलिस्टमा १३ सय १४ परियोजना छनोट

काठमाडौं : स्टार्टअप उद्यम कर्जाका लागि आवेदन लिएका मध्ये पहिलो चरणमा १ हजार ३ सय १४ वटा परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजनाको आवेदन परेको मध्ये ७५ प्रतिशत परियोजना पहिलो चरणबाटै बाहिरिएका हुन् । 

पहिलो चरणमा छनोटमा सबैभन्दा कृषि तथा पशुपालन फर्मका परियोजना छन् । यस्तै घरेलु तथा लघु उद्योग, आइटी, होटल तथा पर्यटन, वर्कसप, गार्मेन्ट लगायतका परियोजना प्रथामिकतामा परेका छन् । पहिलो चरणमा छनौट भएका परियोजनामा सबैभन्दा धेरै बागमती प्रदशका रहेका छन् । 

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निर्देशक ई.उमेशकुमार गुुप्ताले पहिलो चरणमा छनोट भएको परियोजनालाई प्रस्तुतीकरणको लागि पुस २८ गतेदेखि चैत ११ गतेसम्म परियोजनाको दर्ता नम्बर अनुसार बोलाईएको बताए । उनले भने ‘छनोट हुनु भएकालाई मिति र समय दिएर प्रस्तुतीकरणको लागि आह्वान गरिएको छ, आफ्नो परियोजना बारे प्रस्ट, बुँदागत र स्टार्टअप उद्यम बारे बढीमा १० मिनेट प्रस्तुतीकरणका दिनु पर्नेछ, प्रस्तुतीकरणपछि छनोट हुने परियोजना धितो राखेर चैतको दोस्रो साता देखि कर्जा प्राप्त गर्ने छन् ।’

यस्तै परियोजनामा छनोट भएकोले मूल्यांकन समितिलाई प्रभावमा पार्नका लागि प्रलोभन, फोन, सम्पर्क, अनुरोध, धाकधम्की लगायतको गतिविधि गरेको थाहा भए त्यस्ता परियोजना प्रस्ताव स्वतः रद्ध हुने गुप्ताले बताए । छनोट भएकाले प्रस्तुतीकरण गर्ने दिन तोकिएको मिति र समयमा उपस्थिति हन नसकेमा समेत रद्द हुनेछ । 

स्टार्टअप उद्यम कर्जाको दिनका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा १ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । १ अर्ब बजेटबाट पहिलो चरणमा छनोट भएको मध्ये आधा परियोजनाले स्टार्टअप उद्यम कर्जा प्राप्त गर्ने छन् । स्टार्टअप उद्यम परियोजना धितो राखेर ५ वर्षका लागि लागि ३ प्रतिशतमा ऋण पाइने भएकाले कर्जाका लागि आवेदन दिनेको संख्या समेत धेरै भएको हो । 

प्रस्तुतीकरणका लागि आधिकारिक प्रस्तावक स्वयं उपस्थित हुनपर्ने प्रतिष्ठानको भनाइ छ । प्रस्तुतीकरणका समयमा व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान÷भ्याट दर्ताको सक्कल प्रमाणपत्र, आर्थिक वर्ष २०८०/८१ को कर चुक्ताको सक्कल प्रमाणपत्र  अनिवार्य रूपमा ल्याउनु पर्ने छ । उद्यमशील कर्जा अन्तरगत कार्यक्रमबाट ३ प्रतिशत ब्याज दरमा कर्जा प्रवाह गर्नेगरी स्टार्टअपउद्यम कर्जा प्राप्त गर्न सक्ने छन् ।

कर्जा प्राप्त गर्दा बढीमा ५ लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मको दोस्रो किस्ता र त्यसभन्दा माथिको हकमा तेश्रो किस्तामा सहुलियत कर्जा परियोजनाले प्राप्त गर्ने छन् । कर्जा प्रवाह राष्ट्रिय वाणिज्य बैंकबाट हुनेछ । गत वर्ष १ सय ६५ स्टार्टअप उद्यमीले सो कर्जा पाएका थिए भने यस वर्ष चारगुणा करिब ७ सय जनाले प्राप्त गर्नेछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise