२०८१ पुष २३ गते मङ्गलवार / Jan 07 , 2025 , Tuesday
२०८१ पुष २३ गते मङ्गलवार
Ads

चैनपुरका वादी समुदाय पाँच महिनादेखि पानी र बत्तीविहीन

ADV
सत्यराज सिंह
२०८१ पुष २१ गते २१:५०
चैनपुरका वादी समुदाय पाँच महिनादेखि पानी र बत्तीविहीन

बझाङ : बझाङ सदरमुकाम चैनपुरस्थित वादी समुदायका करिब १० घरपरिवार पाँच महिनादेखि खानेपानी र विद्युत् अभावमा बसिरहेका छन् । पानी र बत्तीको महसुल तिर्न नसक्दा उनीहरूको जीवन अन्धकारमय बनेको छ । 

हरिना वादीका अनुसार, ५–६ महिनादेखि खानेपानीको अभावले सेती नदीबाट पानी ल्याउन बाध्य भएका छन् । स्थानीय बम्म वादी भन्छन्,‘पानी र बत्ती नहुँदा दैनिकी कष्टकर बनेको छ ।’

राधा वादीले बिजुलीको लाइन काटिएपछि बालबालिका, वृद्ध–वृद्धा सबैजना अध्यारोमा बस्न बाध्य भएको बताइन् । उनका अनुसार, प्रति परिवार २ हजारदेखि ४ हजारसम्मको विल पुगेको छ, जुन तिर्न नसकिएका कारण लाइन काटिएको हो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले व्यवस्थापन बिना पानी खेर फाल्ने गरेकाले पानीको लाइन काटिएको बताए । उनले भने,‘महसुल नतिरेको भन्दा पनि व्यवस्थापन नगरेकाले काटिएको हो । पानी व्यवस्थापन गरी उपभोग गर्न सहमत भए लाइन पुनः जोडिन्छ ।’

नेपाल विद्युत् प्राधिकरण बझाङका प्रमुख सुजन खड्काका अनुसार, विद्युत महसुल तिर्न नसकेकाले लाइन काटिएको हो । उनले भने, ‘मन्त्रीपरिषद्को निर्देशन आएपछि मात्र लाइन जोड्न सकिन्छ । अन्यथा, महसुल तिरेपछि मात्रै सेवा उपलब्ध गराइन्छ ।’ वादी बस्तीका परिवारहरूले सरकार र सम्बन्धित निकायलाई चाँडो समस्या समाधान गर्न माग गरेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise