२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

महासंघ रौतहटको निर्वाचनः उच्च अदालत वीरगन्जको कारण देखाउ आदेश

Nada
२०८१ पुष २१ गते २२:२३
Shares
महासंघ रौतहटको निर्वाचनः उच्च अदालत वीरगन्जको कारण देखाउ आदेश

रौतहट : उच्च अदालत वीरगन्जले नेपाल पत्रकार महासंघ रातहटको निर्वाचन मतगणना सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रौतहटका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । 

ncell

महासंघको निर्वाचनको मतगणनामा रेजा लगाएको मतपत्र पनि अनियमित तरिकाले गणना गरेकोेले बदरका लागि परमादेशको आदेश माग गर्दै पत्रकार राकेश कुमार यादव, किशोरी यादव र विकास कुमार अग्रवाल समेतले जिल्ला प्रशासन कार्यालय रौतहट गौर, प्रमुख जिल्ला अधिकारी, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति एवम् केन्द्रीय निर्वाचन समिति, नेपाल पत्रकार महासंघ जिल्ला शाखाको निम्ति गठित निर्वाचन समिति एवम् उक्त समितिका संयोजक विनय कुमार लाल दास र जिल्ला हुलाक कार्यालय रौतहट र उक्त कार्यालयका प्रमुखलाई विपक्षी बनाएका थिए । 

रिटमा उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले विपक्षीहरूलाई बाटोको म्याद बाहेक १५ दिनभित्र आफै वा कानुन बमोजिमको वारेशमार्फत आफ्नो भनाइ लिएर उपस्थित हुन आदेश गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर