-अनिल बोगटी
अहिलेको वर्तमानस्थिति भनेको विश्व महामारीको रुपमा देखिएको कोरोना भाइरस ( कोभिड–१९ ) लाई पराजित गर्नु नै हो ।यसका लागि एकातर्फ आफु सुरक्षित रहेर अरुपनि सुरक्षित रहुन् भन्नका खातिर सहकार्य, सद्भाव कायम गरेर एकले अर्कालाई सहयोग गर्नु हो भने अर्कोतर्फ कोभिड–१९ फैलन नदिन देश पुरै लकडाउन गरिएको र यातायात बन्द गरिएको अवस्थामा आफनो आय आर्जनको काम रोकिएकोले या काम हुँदा हुँदैपनि कोभिड–१९ को त्रासले मानिसहरु आफुले काम गरिरहेको ठाउँ या शहर छोडेर आ- आफ्ना गाउँ ठाउँ तर्फ फर्कर्नेक्रम बढ्दो छ ।
यस्तो परिस्थितिमा मानिसहरु लामोदरीको यात्रा तय गरेर पैदल फर्कि रहेका छन् । यो क्षणिक समयको लागि ठिकै होला, तर यो समस्याको निदान चाहिं होइन । यस्तो वेलामा हामी सबैमा जो जहाँ छौं, त्यहिं बसेर आफुपनि सुरक्षित बनौं र अरुलाईपनि सुरक्षित रहन सहयोग गरौं,कोभिड–१९ फैलन नदिउ भन्ने सोच आउन जरुरी देखिन्छ ।
कोभिड–१९ बाट त्रसित रहेका, वेरोजगार रहेका, लामो दुरीको चुनौति मोलेर फर्किरहेका दक्ष,अदक्ष मेहनतकस श्रमजिवी श्रमिकहरुलाई सम्बन्धित निकायले उत्पादनमुलक कार्यमा लगाउन सकिन्छ र यो चाही उत्तम विकल्प हुनसक्दछ ।
उदाहरणका लागि वेरोजगार भएका र लामो दुरीको चुनौति मोलेर फर्किरहेका श्रमिकहरुलाई एउटा निश्चित दुरी क़ायम गरी सुरक्षित तवरले औषधि कारखाना, खानेपानीको उत्पादन, बाटोको सरसफाई, पुन:निर्माण कार्य, सुरक्षा स्वयंसेवकजस्ता राष्ट्रिय उत्पादनहरुको काममा लगाउन सकिन्छ । ताकि विचल्लीमा देखिएका श्रमिकहरुले तत्कालको लागि रोजगारी पाउन सक्छन् र अस्थाई रुपमा उनीहरु जहाँ छन् तिनीहरुको त्यहिं व्यवस्थापनपनि हुनेछ भने राज्यको उत्पादनमुलक कार्यपनि सुचारु रहनेछ ।
यस्तो कुराहरुमा राज्यको ध्यान जान जरुरी देखिन्छ । किनकी संकटको बेलामा उचित निर्णय लिन सक्नु नै दूरदर्शिता हो ।
(बोगटी युवा संघ नेपालका केन्द्रिय सदस्य हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies