गोरखा : समृद्ध ताकु युवा समाजको दशौं वार्षिक साधारण सभा तथा लेखापरीक्षण हुने भएको छ ।
गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका ५ बसोबास गर्ने युवाहरुको समूह समृद्ध ताकु युवा समाजले आफ्नो दशौं साधरण सभा गर्ने भएको हो ।
सचिव मधुकर खड्काले साधारण सभा पुस २७ गते काठमाडौंको बनस्थली खरिबोटस्थित मदर्श पार्टी प्यालेसमा हुने जानकारी दिएका छन् ।
प्रकाशित सूचनामा उल्लेख गरिएअनुसार समाजको सम्पूर्ण आजीवन सदस्यहरु, सल्लाहकारहरु, काठमाडौं बस्ने ताकु बासी गोरखाली, गैर गोरखाली र संस्थाको शुभेच्छुक, शुभचिन्तक सहयोगी दाताहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।