२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

‘सिमेन्ट छडमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायी तहसनहस हुने अवस्थामा’

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ पुष २२ गते २१:४९
‘सिमेन्ट छडमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायी तहसनहस हुने अवस्थामा’

अर्घाखाँची : निर्माण सामग्रीहरूको मूल्यवृद्धि भएको प्रति नेपाल निर्माण व्यवसायी संघ अर्घाखाँचीले आपत्ति जनाएको छ । निर्माण व्यवसायीहरूको अरबौँ भुक्तानी नहुँदा मुलुकको समग्र निर्माण उद्योग नै धरासायी भईरहेका बेला निर्माण व्यवसायी र समग्र नेपालीले प्रयोग गर्ने सिमेन्ट छड तथा स्टिलजन्य सामग्रीहरूको मूल्यवृद्धि भएको प्रति नेपाल निर्माण व्यवसायी अर्घाखाँचीले आपत्ति जनाएको हो ।

संघका जिल्ला अध्यक्ष युवा व्यवसायी वसन्त भुसालले विज्ञप्ति जारी गर्दै सिमेन्ट छड र स्टिलजन्य सामाग्रीको उत्पादनसँग सम्बन्धित डलर इन्धन लगायतका कुनैपनि वस्तुमा मूल्यवृद्धि नहुँदा कुनै कारण नदेखाई मूल्यवृद्धि गरिनु अनुचित भएको उल्लेख गरेका हुन् । निर्माण कार्य तीव्र गतिमा हुने सिजनमा खुल्ला अर्थतन्त्रको नीति विपरीत छड सिमेन्ट स्टिल उद्योगीहरूले कार्टेलिङ गरी प्रति केजी ७८ रूपैयाँ किलोमा पाईने छडको मूल्य ८५ रुपैयाँ र ४५७ रूपैयाँमा पाईने ओपीसी सिमेन्ट ६७५ रूपैयाँ पु¥याई अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि गरेको पाइएको विज्ञप्तिमा भुसालले उल्लेख गरेका छन् ।

‘केही समय अघि सम्म प्रति केजी ७८ मा पाइने स्टिलको मूल्य २०८१ पुसको पहिलो साता आइपुग्दा ४० प्रतिशत मूल्य वृद्धिले समग्र व्यवसायी उपभोक्ताहरू साना ठूला  व्यवसायीहरू चर्को आर्थिक मारमा परेको’ भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विगतमा पनि स्टिलजन्य सामाग्रीको माग बढ्ने समयमा कार्टेलिङ गरी पटक–पटक भएको यस किसिमको मूल्यवृद्धिको कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरुलाई नै आर्थिक भार परेको निर्माण व्यवसायी संघले स्मरण गराएको छ । 

हाल स्टिलजन्य सामाग्री तथा सिमेन्टजन्य सामग्रीमा कालोबजारीमार्फत् भएको मुल्यवृद्धि नियन्त्रण गरी निर्माण व्यवसायी लगायत आम उपभोक्तालाई राहत दिन अर्घाखाँची संघले जोडदार माग गरेको छ । सरकारले निर्माण भएका आयोजनाको समेत भुक्तानी समयमा नदिँदा निर्माण व्यवसायी अगाडि बढ्न नसकेको व्यवसायीले गुनासो गर्दै आएका छन् । अध्यक्ष भुसालले निर्माण क्षेत्रका मूल समस्या भनेको सरकारले अघि सारेका आयोजनालाई स्रोत सुनिश्तिता नदिने र ठेक्काको काम सम्पन्न गरेका निर्माण व्यवसायीहरूले पाउनुपर्ने भुक्तानी छिटो उपलब्ध नभएको बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise