२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न माग

ADV
आबिद हुसेन
२०८१ पुष २२ गते २१:५८
वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न माग

वीरगन्ज : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन् । 

आजपा पर्सा जिल्ला कमिटीको सोमबार वीरगन्जमा  सम्पन्न बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले उक्त माग गरेका हुन् । 

उनले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचारविरुद्ध जागरण गर्ने उद्देश्यले यही पुस २७ गते खबरदारी सभा गरिने उनले बताए । 

खबरदारी सभामा अध्यक्ष साह र अन्य शिर्ष नेताहरूले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

आजपाले मधेशमा हालै भ्रष्टाचारविरुद्ध जागरण अभियान चलाएको थियो । मुलुकमा भ्रष्टाचार बढ्दै गएपनि सरकार मुकर्दशक बनेको समेत अध्यक्ष साहले बताए । 

‘सरकारकै संरक्षणमा भ्रष्टाचार बढ्दै गइरहेको छ । हरेक काण्डमा सरकारका मान्छेहरु संलग्न रहेका छन् । मुलुक लुटिरहेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरुकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार बढ्दै गइरहेको छ । भ्रष्टाचारविरुद्ध आवाज उठाउने उद्देश्यले हामीले खबरदारी सभा गर्न लागेका छौं ।’ 

साहले संघीय संरचना आउनुभन्दा अघि वीरगन्जलाई राजधानी बनाउने भनिएपनि धोका भएको बताए । प्रदेशको राजधानी वीरगन्जलाई बनाउन भनिए पनि षड्यन्त्र गरिएको बताउँदै उनले वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्न पनि षड्यन्त्र भइरहेको आरोप लगाए । 

‘काठमाडौं प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर वीरगन्ज आर्थिक राजधानी किन नहुने ? हामीले वीरगन्जलाई जसरी पनि आर्थिक राजधानी घोषणा गराएरै छाड्ने छौं,’ उनले भने, ‘यदी विरगन्जलाई आर्थिक राजधानी घोषणा गरिएन भने हामी चुप लागेर बस्दैनौं । अहिले खबरदारी सभा गरिरहेका छ, सरकारले हाम्रो माग सम्बोधनमा ढिलाइ गरे यो भन्दा कडा आन्दोलन गर्न हामी बाध्य हुन्छौं ।’ 

उनले सरकारले हरेक बस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धरासायी बनाउँदै गरिरहेको आरोप लगाए ।

ADVADV

सम्बन्धित खबर

Advertise