रामेछापः रामेछापका सात हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत रामेछापका कक्षा ६ देखि १० मा अध्ययनरत र विद्यालय बाहिर रहेका किशोरी समेत गरी ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिए ।
छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ह्युमनपापिलोमा भाइरस विरुद्धको खोप लगाइने उनले बताए । खोप कार्यक्रम दोस्रो चरणमा सञ्चालन हुने भएको छ । पहिलो चरण अन्तर्गत माघ २२ देखि २४ गतेसम्म मन्थली नगरपालिका,उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र सुनापती गाउँपालिकामा खोप अभियान सञ्चालन हुने भएको छ ।
दोस्रो चरणको खोप माघ २८ देखी ३० गतेसम्म सञ्चालन हुने छ ।दोस्रो चरणमा रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । सुरुमा विद्यालयमै खोप केन्द्र सञ्चालन गरी किशोरीहरूलाई खोप लगाइने र अभियानको अन्तिम दिन नजिकको स्वास्थ्य संस्थाबाट खोप उपलब्ध कार्यालयले जनाएको छ ।