२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

स्वास्थ्य चौकी भवनका लागि करोडौंको जग्गा दान

Nada
कृष्ण तिवारी
२०८१ पुष २३ गते २१:३५
Shares
स्वास्थ्य चौकी भवनका लागि करोडौंको जग्गा दान

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका –५ सन्तपुर दोस्तिया निवासी समाजसेवी मो.शेराजले  स्थानीय स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टरको भवनका लागि चार कठ्ठा जग्गादान गरेका छन् ।

ncell

स्थानीयवासीका अनुसार सो जग्गाको मूल्य करिब एक करोड रहेको छ । जग्गा धनी मो. शेराजले फतुवा विजयपुर नगरपालिकाको कार्यालयमार्फत स्वास्थ्य चौकीका लागि जग्गादान गरेका हुन् ।

साविक गा.वि.स. सन्तपुर दो. वडा नं. ७ किता नं. १३५९ क्षेत्रफल ४ कठ्ठा दान गरेको जग्गामा नगरपालिकाको सहयोगमा स्वास्थ्य चौकीको  भवन, बर्थिङ्ग सेन्टर, स्वास्थ्यकर्मीका लागि आवश्यक आवास भवन निर्माण हुने जग्गा दाता मो.शेराजको पत्नी एवं फतुवा विजयपुर नगरपालिकाको कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले बताइन् ।

जग्गा दाता मो. शेराजले मानवीय सेवाका लागि जग्गादान गर्न पाउनु आफ्नो लागि गौरव बनेको चर्चा गर्दै बाँच्न भन्दा बचाउन ठूलो, गर्नभन्दा गराउनु ठूलो रहेको विचार राखे । 

स्वास्थ्य संस्थालाई प्राप्त भएको जग्गामा चाँडै बर्थिङ्ग सेन्टर (प्रसूतिगृह) सहितको स्वास्थ्य केन्द्र निर्माण प्रक्रिया अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत भरत यादवले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर