२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

बाक्लो हुस्सुको कारण सिमरा विमानस्थलको उडान प्रभावित

ADV
मध्यान्ह
२०८१ पुष २४ गते १७:५४
बाक्लो हुस्सुको कारण सिमरा विमानस्थलको उडान प्रभावित

रौतहटः बाक्लो हुस्सुको कारण दुई दिनदेखि बाराको सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ ।

सिमरा–काठमाडौं उडानको लागि  २ हजार ३ सय भन्दा धेरै भिजिविलिटी आवश्यक पर्छ । तर भिजिविलिटी कम हुँदा उडानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। सिमरा विमानस्थलका प्रमुख बिष्णु प्रसाद अधिकारीका अनुसार पुसको दोस्रो साता देखि नियमित उडानहरू प्रभावित भएको हो ।

मौसममा देखिएको खराबीका कारण (कम भिजिविलिटी) का कारण आज (बुधबार) पनि उडान प्रभावित भएको उनले जानकारी दिए । मौसमको कारणले पुस र माघको महिनामा तोकिएको समयमा उडान गर्न नसकिने उनको भनाइ छ ।सिमरा विमानस्थलबाट काठमाडौंको लागि बुद्ध एयरलाइन्सले दैनिक ७ वटा, यतिले २ उडान भर्दै आएका छन् । 

सिमरा विमानस्थलबाट काठमाडौंका लागि दैनिक ८ देखि ९ सम्म उडानहरू हुने गरेको जनाएको छ । रौतहटसहित बारा, पर्सा, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सो विमानस्थलबाट सिमराकाठमाडौं आवतजावत गर्ने गर्दछन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise