रौतहट: ईशनाथ नगरपालिकाको १०औं हिउँदे अधिवेशन बुधबार सम्पन्न भएको छ । सभामा नगर कार्यपालिकाले गरेका शोधानान्तरसहितका विभिन्न निर्णयहरु पारित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले जानकारी दिएका छन् ।
कार्यक्रममा नगर प्रमुख कौशल्या देवीले स्थानीय तहले चालू आर्थिक वर्ष ०८१÷०८२ का लागि विनियोजित बजेट र नीति तथा कार्यक्रमको प्रगतिका बारेमा जानकारी गराएकी थिइन् । उनले संशोधन कार्यक्रमको समीक्षासँगै ऐन र कार्यविधि पारितलगायतका विषयमा काम गरेको जानकारी गराइन् ।
नगर सभामा विकासको अवस्था, बजेटको खर्च विवरण, राजस्व संकलन, कार्यक्रमको उपलब्धी, गुनासा र समस्याका बारेमा छलफल गर्दै हिउँदे अधिवेशन सम्पन्न भएको नगर उपप्रमुख महमद प्रवेजले जानकारी दिए ।