२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

राष्ट्रिय ख्रीष्टियन महासंघको विशेष महाधिवेशन : अध्यक्षमा चिमोरिया

Nada
२०८१ पुष २४ गते २२:१०
Shares
राष्ट्रिय ख्रीष्टियन महासंघको विशेष महाधिवेशन : अध्यक्षमा चिमोरिया

काठमाडौं :राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विशेष महाधिवेशन सम्पन्न भएको छ ।  महाधिवेशनले उद्धब प्रसाद चिमोरियाको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी महासंघले उक्त जानकारी गराएको छ ।

ncell

पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष चिमोरियाले लामो समयदेखिको सांगठनिक  निष्कृयतालाई महाधिवेशनले अन्त्य गरेको जानकारी दिएका थिए । चिमोरियाले तत्कालिन अध्यक्ष सिवी गहतराज कानुनी हिसाबले अयोग्य भएपछि विशेष महाधिवेशन गर्नु परेको बताउँदै भने,‘गहतराजलाई काठमाडौं जिल्ला अदालतले लिखत किर्ते कसुरमा एक वर्ष कैद फैसला सुनाएपछि नयाँ कमिटी चयन गर्नुपर्ने बाध्यता भयो ।’

केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमुख विष्णु परियारका अनुसार निर्वाचन समिति र अध्यक्ष मण्डको तर्फबाट पेश गरिएको नवनिर्वाचित कार्यसमिति महाधिवेशनबाट सर्वसम्मतले पारित गरिएको थियो ।
 

ताजा खबर

सम्बन्धित खबर