२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

अष्ट्रेलियामा नेपाली नर्सको मृत्यु, घटना शंकास्पद

ADV
मध्यान्ह
२०८१ पुष २५ गते १०:५९
अष्ट्रेलियामा नेपाली नर्सको मृत्यु, घटना शंकास्पद

काठमाडौँ : अष्ट्रेलियामा नेपाली नर्स दीक्षा दाहालको मृत्यु भएको छ ।अष्ट्रेलियाको सिड्नीस्थित पारामाट्टा अपार्टमेन्टको ७ औं तलाबाट खसेर ७ दिनअघि गत बिहीबार उनको मृत्यु भएको हो । 

घटना हुनुभन्दा दुई घण्टा अगाडि आपतकालीन नम्बरमा दाहालको अपार्टमेन्टबाट प्रहरीलाई एक फोन गएको थियो । त्यतिबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको’ सुनिएको विवरणहरूमा उल्लेख छन् । प्रहरीले घटनालाई संकास्पद भएको बताएको छ । उक्त घटनाको अनुसन्धान ब्यारी विन्सेन्टले गरिरहेका छन् । सो क्रममा दाहालका पति रविन्द्र सुवेदीसँग पनि सोधपुछ गरिएको छ । 

प्रहरीले यो घटनामा प्रारम्भिक अनुसन्धानका लागि सुवेदीलाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछ र प्रारम्भिक जाँचपछि तत्काल थप प्रमाण नदेखिएको भन्दै छाडिएको थियो ।

मृतक दाहाल नर्सका रुपमा अष्ट्रेलियामा कार्यरत थिइन् । उनीहरूबीच आन्तरिक झगडा यसअघि प्रहरीसम्म समेत पुगिसकेको स्थानीय समाचारमाध्यमले जनाएका छन् । २० दिन पहिला पनि दुवैको झगडा मिलाउँदै प्रहरीले आइन्दा यसो नगर्न चेतावनी दिएको थियो । 
 
प्रहरीले सीसीटिभी फुटेजलगायतबाट पनि घटनाबारे जानकारी लिने काम गरिरहेको छ । प्रहरीले यो घटनालाई जटिल अनुसन्धानको रूपमा व्याख्या गरेको छ । घटनापछि सुवेदीसँगै प्रहरीले अपार्टमेन्टका अन्य बासिन्दासँग पनि कुराकानी गरिरहेको छ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise