२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

पोखराको इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत पौडेल मृत फेला

Nada
२०८१ पुष २५ गते ११:३५
Shares
पोखराको इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत पौडेल मृत फेला

पोखराः पोखराको लामाचौरस्थित पश्चिममाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) अध्ययनरत एक छात्र क्याम्पस नजिकै रहेको सेती नदीको बाँधमा मृत भेटिएका छन् । 

ncell

कैलालीको धनगढी स्थायी घर भइ हाल डब्लूआरसी लामाचौरमा अध्ययनरत २१ वर्षीय संगम पौडेल बुधबार साँझ क्याम्पस नजिकै रहेको सेती नदीको बाँधमा मृत भेटिएका हुन् ।

पोखरा महानगरपालिका–१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको बाँधबाट एक युवाको खसेको सूचना पाउनासाथ उद्धारका लागि सशस्त्र प्रहरीको कालिका गण कास्कीबाट खटिएको उद्धार टोलीले बुधबार साँझ करीब साढे सात बजे पौडेलको शव निकालेको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले जानकारी दिए । 
 
क्याम्पस नजिकै पोखरा–१९ लामाचौरमा डेरा गरी बस्दै आएका पौडेल बुधबार साँझ ७ बजेर २० मिनेटमा सेतीको बाँधमा खसेको सूचना आएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । उक्त सूचना पाउनासाथ सशस्त्र प्रहरीको चार जना गोताखोरसहित नौ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल पठाइएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर