२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

लमजुङमा एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद

Nada
२०८१ पुष २५ गते १२:३२
Shares
लमजुङमा एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद

लमजुङः लमजुङबाट प्रहरीले एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी निशान श्रीवास्तवले जानकारी दिए ।

ncell

डिएसपी श्रीवास्तवका अनुसार, बरामद भएका बन्दुकहरूमा २२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल रहेका छन् । दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार पनि रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङले गएको कार्तिक ११ गते एक सूचना जारी गरेर हातहतियार खरखजना ऐन तथा नियमावली बमोजिम पाँच वर्ष सम्म पनि नविकरण नभएका हातहतियारहरु सुरक्षा निकायमा वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनेको थियो ।

स्थानीय प्रशासनले जारी गरेको सोहि सूचना अनुरुप लमजुङ जिल्लामा दर्ता भएका साना तथा ठुला गरेर चार सय ७० वटा हतियारहरुमध्ये एकसय १४ वटा बन्दुकधनीहरुले मात्र आफ्नो बन्दुक नवीकरणका लागि आबेदन दिएर बन्दुक संचालनको इजाजत पत्र पाएका छन् ।

बाँकी अबैध हतियारहरुको खोजी कार्यलाई तीब्रता दिइएको डिएसपी श्रीवास्तवले जानकारी दिए । साथै प्रहरीले आफूसँग भएका अवैध हतियारहरु नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध पनि गरेको छ ।   
 

ताजा खबर

सम्बन्धित खबर