२०८१ पुष २६ गते शुक्रवार / Jan 10 , 2025 , Friday
२०८१ पुष २६ गते शुक्रवार
Ads

मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

ADV
मध्यान्ह
२०८१ पुष २५ गते १६:०६
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

धनुषा : मधेश प्रदेश सरकारले शहीद परिवारको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।

प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यही पुस ९ गतेदेखि बिमा कार्यक्रम लागू भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिए । उनले यो कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने बताए ।

मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानूनी संशोधनका लागि कार्यदल गठन गरिएको उल्लेख गरे । उक्त कार्यदलले स्थानीय तहको संरचनामा सुधार गर्नुपर्ने विषयमा मस्यौदा तयार पारी मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ । यसैबीच प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले प्रदेशका शिक्षा, स्वास्थ्य र यातायात मन्त्रालयका कार्यविधि पारित गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise