२०८१ पुष २६ गते शुक्रवार / Jan 10 , 2025 , Friday
२०८१ पुष २६ गते शुक्रवार
Ads

रौतहटका सामुदायिक विद्यालयका विद्यार्थी अर्धवार्षिक परीक्षा दिनबाट वञ्चित

ADV
मध्यान्ह
२०८१ पुष २५ गते २२:०५
रौतहटका सामुदायिक विद्यालयका विद्यार्थी अर्धवार्षिक परीक्षा दिनबाट वञ्चित

रौतहट : रौतहटको कटहरिया नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थी अर्धवार्षिक परीक्षा दिनबाट वञ्चित भएका छन् । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालको कारण हजारौँ विद्यार्थीहरु अर्धवार्षिक परीक्षा दिनबाट वञ्चित भएको पालिकाकै जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । 

केही समयअघि विशेष अदालतबाट सफाइ पाएर पुनः पद बहाली भएका मेयर जैसवालको लापरवाहीको कारण हजारौँ विद्यार्थीको भविष्य अन्योल बनेको राजनीतिक दलहरुको भनाइ छ ।

एक वर्षभित्रमा एउटा पनि परीक्षा नहुनुमा यसको मुख्य जिम्मेवारी मेयरले लिनुपर्ने अभिभावकहरुको भनाइ छ ।

कटहरिया नगरक्षेत्रभित्र ५ वटा मावि, ५ निमावि र १४ प्रावि गरी कुल २४ सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको पूर्व नगर शिक्षा संयोजक अनिल कुमार निधिले बताए । 

यस आर्थिक वर्षमा नयाँ शैक्षिक सत्र गत वैशाखमा सुरु भएको थियो । शैक्षिक सत्रको हिसाबले गत कात्तिक मसान्तभित्र अर्धवार्षिक परीक्षा सम्पन्न हुनुपर्ने शिक्षकहरूले बताए । 

नगरक्षेत्र अन्तर्गतका सामुदायिक विद्यालयहरूमा त्रैमासिक परीक्षा विद्यालय स्वयं आफ्नो स्रोत साधनले गराउने बाँकी अर्धवार्षिक र वार्षिक परीक्षा गराउन नगरपालिकाले व्यवस्था गर्दै आएको मावि भसेढवाका प्रधानाध्यापक राममंगल यादवले बताए । तर पुस महिनाको अन्तिम सातासम्म पनि नगरपालिकाले स्रोत साधन उपलब्ध नगराउदाँ  कटहरिया नगरपालिकाको कुनै पनि सामुदायिक विद्यालयमा हालसम्म अर्धवार्षिक परीक्षा हुन नसकेको प्रधानाध्यापक यादवले जानकारी दिए ।

यसरी निर्धारित समय भन्दा ३ महिना बढी समय बित्दा पनि हालसम्म अर्धवार्षिक परीक्षाको कुनै सुरसार नहुँदा हजारौँ विद्यार्थीको भविष्य अनयौलमा परेको अभिभावकहरूले गुनासो गरेका छन् । 

मयेर जयसवालले परीक्षा गराउन लाग्ने खर्च विद्यालयहरूलाई समयमा नदिनु मेयर जैसवालको चरम लापरबाही रहेको कटहरिया ७ का वडा अध्यक्ष सहिद मियाँ दर्जीले आरोप लगाए । 

अर्धवार्षिक परीक्षा सञ्चालन गर्न लाग्ने खर्च उपलब्ध गराउन पटक–पटक नगर शिक्षा समितिसँगै नगरपालिकालाई आग्रह गर्दा कसैले वास्ता नगरेको शिक्षकहरूको गुनासो रहेको छ ।

नगर शिक्षा संयोजक सुरेन्द्र ठाकुरले नगरपालिका र मेयरको बचाउ गर्दै वडाध्यक्षहरूले वार्षिक र अर्धवार्षिक परीक्षाको लागि रकम नछुट्याएकाले समयमा हुन नसकेको भन्दै ढाँट्न खोजेका छन् ।

ठाकुरले हाल नगरपालिकामा तालाबन्दी भएको कारण कठिनाइ भएपनि अर्धवार्षिक परीक्षाको खर्च जुटाउन आफू प्रयासरत रहेको बताए । 

यसै विषयलाई लिएर कटहरिया नगरपालिकाकी उपमेयर रिता देवी यादव बुझ्दा  पालिकाका शिक्षा संयोजक सुरेन्द्र ठाकुरले मेयर जसवालको बचाउ गर्न नगरबासी माझ झुटो बोलिरहेको बताएकी छिन् । 

‘आफू निर्वाचित भएदेखिनै नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरूमा अर्धवार्षिक र वार्षिक परीक्षा गराउन लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले दिँदै आएको र अहिले वडाध्यक्षको नाम राखेर हुन्छ’ उपमेयर यादवले भनिन् । 

करोडौं करोड रुपैयाँको बजेट चलाउने कटहरियाका मेयर अजय प्रकाश जैसावलले हजारौँ विद्यार्थीको भविष्यसँग प्रत्यक्षरुपमा खेलवाड गरिरहेको नगरवासीले दुःखेसो पोखेका छन् । राजनीतिक दलको चपेटामा परेका पालिकामा जनप्रतिनिधिहरूले यही पुस ९ गते तालाबन्दी गरेपछि अहिले सेवाग्राहीहरुको कामकाज प्रभावित भएको छ । कात्तिक मसान्तमा हुनुपर्ने परीक्षा अहिलेसम्म नहुनुमा जनप्रतिनिधिहरुको पनि कमीकमजोरी रहेको देखिएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise