२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

प्रतिबन्धित औषधि नबेच्न विभागको निर्देशन

himalayanlife
२०८१ पुष २६ गते १२:१८
Shares
प्रतिबन्धित औषधि नबेच्न विभागको निर्देशन

काठमाडौंः औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएको भन्दै त्यस्ता औषधि बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधि बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो ।

विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधिहरु, न्युट्रास्युटिकल्सका नाममा तथा औषधिमिश्रित सौन्दर्य प्रसाधनसमेत बिक्री भइरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ । अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधिहरु चिकित्सकीय पूर्जामा सिफारिस हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परेको निरीक्षणका क्रममा पाइएको भन्दै यस्ता औषधिको बिक्री वितरण तथा सिफारिस रोक्न चिकित्सक तथा औषधि फर्माहरुलाई सूचित गरेको छ ।

विभागले नियमित अनुगमन भइरहने भन्दै सूचनाको अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा जफत तथा औषधि ऐन २०३५ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । विभागले विगतमा प्रतिबन्धित भिटामिन तथा खनिज मिश्रित वस्तु बिक्री गर्नेविरुद्ध न्यायालयबाट समेत मागदावी बमोजिम आदेश प्राप्त भएको भन्दै पटक पटक सूचना जारी गर्दा पनि कानुनविपरित गर्नेलाई कारबाही गर्ने चेतावनी दोहोर्याएको छ ।

कतिपय चिकित्सकले आवश्यक मात्राभन्दा बढी भिटामिन तथा खनिज समिश्रित औषधि सिफारिस गर्ने गरेको गुनासो समेत मन्त्रालयले प्राप्त गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए । दर्ता र अनुमति दुवै नपाएका त्यस्ता औषधिका रुपमा सिफारिस गर्नु गैरकानुनी भएकाले बिक्री तथा सिफारिस गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने महानिर्देशक नारायण ढकालले बताए ।
 

ताजा खबर

सम्बन्धित खबर