२०८१ पुष २६ गते शुक्रवार / Jan 10 , 2025 , Friday
२०८१ पुष २६ गते शुक्रवार
Ads

सुनको कमण्डलु थापेर अरूसँग भिख नमागौं : पूर्वराजा ज्ञानेन्द्र

ADV
मध्यान्ह
२०८१ पुष २६ गते १३:४६
सुनको कमण्डलु थापेर अरूसँग भिख नमागौं : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै शुभकामना दिएका छन् ।

बिहीबार साँझ जारी भिडियो सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई शुभकामना दिएका हुन् ।

भिडियो सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको टिप्पणी गरेका छन् । 

उनले भनेका छन्, ‘अहिले देशका दाजुभाइ दिदीबहिनीहरू बराइबाट सिर्जित वादविवादको चक्रब्यूमा फसिरहेका हुन्, हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने बेलामा आएको छ । विश्वराजनीतिमा शान्ति सन्तुलनको अवस्था फेरबदल हुनु स्वाभाविक हो । तर जस्तोसुकै उतारचढावको बेलामा पनि देशलाई एकताबद्ध राख्नुपर्छ ।’

उनले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको पनि वक्तव्यमा उल्लेख गरेका छन् । 

‘राष्ट्रनिर्माताको स्मरण गर्दा हाम्रो ध्यान त्यता जानुपर्छ । समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिँड्नुपर्छ,’ वक्तव्यमा भनिएको छ, ‘नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ । साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्रनिर्माताको आकांक्षा पूरा हुन्छ भन्ने हाम्रो धारणा हो ।’

ADVADV

सम्बन्धित खबर

Advertise