काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिएको छ । पुल भाँचिएसँगै पूर्व-पश्चिम राजमार्ग ठप्प भएको छ ।
शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
डाइभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पुल हो ।
राजमार्ग अवरुद्ध भएसँगै गन्तव्यमा नपुग्दै यात्रुहरु विचल्लीमा परेका छन् ।