२०८१ पुष २७ गते शनिवार / Jan 11 , 2025 , Saturday
२०८१ पुष २७ गते शनिवार
Ads

जुम्लाका गाउँबस्तीमा गुनासा सुन्न प्रहरीको नागरिक सुनुवाइ

ADV
दिलमाया शाही
२०८१ पुष २६ गते २०:३६
जुम्लाका गाउँबस्तीमा गुनासा सुन्न प्रहरीको नागरिक सुनुवाइ

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले नागरिक सुनुवाइ सम्पन्न गरेको छ । प्रहरीले दिने सेवाको विषयमा नागरिकका गुनासा सुन्न गाउँका भेगहरुमा पुगेर नागरिक सुनुवाइ कार्यक्रम गरिएको हो । 

पातारासी गाउँपालिकाका लासीमा नागरिक सुनुवाइ कार्यक्रमले प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुने बताइएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले जुम्लामा रहेका प्रहरी युनिटलाई समेत लिएर गाउँमा  पुग्न सुरु गरेको छ । 

कार्यक्रममा स्थानीय नागरिकसँगका गुनासो सुन्ने, समुदायका समस्या र प्रहरीले गर्नुपर्ने दायित्वको सन्दर्भमा प्रस्तुतीकरण गरिएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए । 

उनका अनुसार  जिल्ला प्रशासन, ट्राफिक प्रहरी, जिल्ला सरकारी वकिल कार्यालयको संयुक्त रूपमा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । 

प्रहरी नायब उपरीक्षक कामतीले लागुऔषध दुव्र्यसनी, घरेलु हिंसा, बाल यौन दुव्र्यवहार, आत्महत्या दुरुत्साहन, जवरजस्ती करणी, साइवर अपराध, डाँका चोरी, अभद्र व्यवहार लगायतका मुद्दाको विषयमा जानकारी दिएका थिए । 

उनले कार्यक्रमले सेवाग्राही र सेवा प्रदायक संस्थाबीचको प्रत्यक्ष सम्बन्ध स्थापना हुने र सुशासन,पारदर्शिता र जवाफदेहीता बोध हुने बताए ।

पछिल्लो समय प्रहरीले हिरासतमा बस्नका लागि मेसको व्यवस्था, सेवा लिन आउने पीडितहरुको सवारी पर्किङस्थल निमार्ण, महिला सेलमा बालमैत्री कक्ष र स्तनपान कक्ष स्थापना गरिएको उनले जानकारी दिए । 

उनले सुरक्षित समाजका निमित्त समुदायबाट आफुले सामुदायिक गस्तीमा प्रहरीसँग समुदायको सहकार्य, घटनाको समयमै जानकारी, मदिराजन्य पदार्थको बिक्री वितरणमा निश्चित एरिया तोकिनुपर्ने विषयमा सहयोग गर्न अनुरोध गरे ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय जुम्लाका अधिकृत टोपबहादुर खत्रीले युवाहरूमा लागुऔषध दुव्र्यसनीको संख्या बढ्दै चिन्ता व्यक्त गरे । 

उनले प्रशासनबाट दिइने सेवा प्रभावकारी बनाउन लागि परेको बताए । त्यस्तै पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले सडकको अवस्था र यात्रुको चापले गर्दा सवारी दुर्घटनाको जोखिम बढेको बताए ।

उनले युवायुवतीहरु विकृति विसंगतीतर्फ लागेकाले सबै मिली सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए । सुरक्षित समाजका निमित्त मदिरा नियन्त्रण गर्ने सवालमा आवश्यक योजना बनाइ चलाउनुपर्ने उनको भनाइ छ । 

ADVADV

सम्बन्धित खबर

Advertise