२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

दुम्कीबासको पुल भाँचियो, हजारौं यात्री अलपत्र

shivam cement
२०८१ पुष २७ गते ०६:३०
दुम्कीबासको पुल भाँचियो, हजारौं यात्री अलपत्र

काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने दुम्कीबासस्थित पुल भाँचिएको छ ।

विनयी खोलामा बनेको पुल भाँचिएसँगै पूर्वी नेपालबाट पश्चिम जाने तथा पश्चिम नेपालबाट पूर्व र काठमाडौं उपत्यका आउने सडक ठप्प भएको छ ।

पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो उक्त राजमार्गको सबैभन्दा लामो पुल हो ।

क्षमताभन्दा बढी सामान बोकेको भारतीय हेभी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुल पार गर्न खोज्दा पुल भासिएको थियो । 

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए ।

बुधबारदेखि नै दाउन्नेमा सडकको खराब अवस्थाका कारण यात्रुहरूले सास्ती खेप्नुपरेको छ । पुल भासिएपछि सो मार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले थप सास्ती भोग्नुपरेको छ ।

शुक्रबार साँझ पुल भासिँदा राजमार्ग अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए ।

पुल भाँचिएपछि अहिलेसम्म वैकल्पिक मार्ग व्यवस्थापन हुन सकेको छैन । राति हुँदै गएपछि तत्कालै वैकल्पिक मार्ग या डाइभर्सनको काम सम्भव नहुने अवस्था आएको छ । पुल भाँचिएपछि गन्तव्यतिर हिँडेका सयौं गाडीका हजारौं यात्रु बाटैमा रोकिएका छन् ।

वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुण खोलामा रोकिएका छन् ।

अहिले उक्त राजमार्ग भएर आवतजावत गर्ने योजनामा रहेका सर्वसाधारणलाई स्थानीय प्रशासनले अर्को सूचना नआएसम्म यात्रा नथाल्न पनि भनेको छ ।

प्रहरी निरीक्षक तिम्सििनाका अनुसार पुल भासिएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । वैकल्पिक बाटो बनाएर यातायात संचालन गर्ने तयारी भइरहेको उनले बताए । ‘केही समय लाग्छ । हामी विकल्प खोज्दै छौं’, उनले भने । 

नवलपुरका प्रमुख जिल्ला अधिकारी पोखरेलले वैकल्पिक बाटो निर्माण गर्नुपर्ने भएकाले सडक संचालन हुन केही समय लाग्ने बताए । सडक डिभिजनको टोली पुगेर वैकल्पिक बाटोको सम्भाव्यता खोजिरहेको उनको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise