२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

मध्यान्हकर्मी भुजेललाई सहकारी पत्रकारिता पुरस्कार

shivam cement
मध्यान्ह
२०८१ पुष २७ गते २०:३६
मध्यान्हकर्मी भुजेललाई सहकारी पत्रकारिता पुरस्कार

दोलखा : मध्यान्हकर्मी राजकुमार भुजेललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शनिबार सदरमुकाम चरिकोटमा अभियान बचत तथा ऋण सहकारीको छैटौं वार्षिक साधारणसभाबाट दोलखाका सक्रिय पत्रकार भुजेल पुरस्कृत भएका हुन् । 

उनलाई पत्रकारिताको क्षेत्रबाट समाजमा प्रत्यक्ष परोक्ष रुपमा पु¥याएको योगदानको कदर स्वरुप नगदसहित पुरस्कृत गरिएको थियो । यस्तै संस्थाका कर्मचारी सकिला उप्रेतीलाई पनि उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सहकारीले हरेक वर्ष एकजना संचारकर्मीलाई सम्मान गर्दै आएको छ । सो अवसरमा सभाका प्रमुख अतिथि तथा जिल्ला सहकारी संघ दोलखाका वरिष्ठ उपाध्यक्ष कष्णप्रसाद दाहालले सम्मानपत्र हस्तान्तरण गरेका थिए । पत्रकार भुजेल झण्डै ४÷५ वर्षदेखि जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी मध्यान्ह राष्ट्रिय दैनिकको जिल्ला संवाददाता हुन् । 

ADV

सम्बन्धित खबर

Advertise