२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

नेपालका पर्यटन व्यवसायी भारतको महाकूम्भ मेलामा सहभागी

shivam cement
मध्यान्ह
२०८१ पुष २७ गते २२:०८
नेपालका पर्यटन व्यवसायी भारतको महाकूम्भ मेलामा सहभागी

बझाङ : नेपालका २५ जना पर्यटन व्यवसायीहरु भारतको उत्तरप्रदेश सरकारले १४४ वर्षपछि आयोजना गरेको महाकूम्भ मेलामा सहभागी भएका छन् । उत्तरप्रदेश सरकारको निमन्त्रणा र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपाली पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका पदाधिकारी, नाट्टा केन्द्र र प्रदेशका प्रतिनिधि तथा पत्रकारहरूको टोली महाकूम्भ मेलामा सहभागी हुन भारत गएका हुन् ।

महाकूम्भ दर्शनका साथै उत्तरप्रदेशमा अवस्थित धार्मिक पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्ने उद्देश्यले यो भ्रमणको आयोजना गरिएको हो । यस साताव्यापी भ्रमण कार्यक्रमले दुई देशबीच धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ ।

भ्रमणको पहिलो चरणमा टोलीले कृष्ण जन्मभूमि मथुरा, वृन्दावन, ताजमहल र प्रयागराजका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गरिसकेको छ । अब भ्रमणको बाँकी चरणमा काशी बनारस, अयोध्या र गौतम बुद्धसँग सम्बन्धित विभिन्न स्तूपहरूको अवलोकन गरिने टोलीमा सहभागी सुदुरपश्चिम टुर एण्ड ट्राभल्सका म्यानेजिङ डाइरेक्टर किशोर खड्काले जानकारी दिए । 

खड्काका अनुसार उत्तरप्रदेश सरकारको पहलले नेपाली तिर्थयात्रीलाई धार्मिक स्थलहरूको भ्रमणमा सहजता प्रदान गर्ने विश्वास गरिएको छ । भ्रमणले नेपाल–भारतबीच धार्मिक पर्यटनका नयाँ सम्भावनाहरू खोजी गर्न मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ । नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्न यस्तो कार्यक्रम महत्वपूर्ण सावित हुने विश्वास गरिएको छ ।

साथै शुक्रबार लखनउ, ताजमहलमा त्यहाँका  व्यवसायिसँग छलफल गरिएको खड्कोले बताए । लखनउमा उत्तरप्रदेश सरकार र पर्यटन अथोरिटिले टोलीलाई स्वागत तथा सम्मान गरेको हो । टोली बुधबार उक्त ठाउँको भ्रमणमा पुगेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise