२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

विष्णुमती सफाइ अभियानः ३३औं हप्ता टोखा ३ को करिडोर क्षेत्रमा सफाइ

Nada
सुशान्त न्यौपाने
२०८१ पुष २७ गते २२:१२
Shares
विष्णुमती सफाइ अभियानः ३३औं हप्ता टोखा ३ को करिडोर क्षेत्रमा सफाइ

काठमाडौं : काठमाडौं टोखा नगरपालिकाको आयोजनामा ३३ औँ हप्ताको विष्णुमती सफाइ अभियान सम्पन्न भएको छ । टोखा वडा नं. ३ र बुढानिलकण्ठ ६ को भन्चोको विष्णुमती करिडोर क्षेत्रमा सफाइ सम्पन्न भएको हो ।

ncell

सफाइ कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीसहित जनप्रतिनिधिहरु, नगर प्रहरी, वातावरण शाखा प्रमुख ई.अनुषा शर्मा, सशस्त्र प्रहरी, लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, लायन्स क्लव आर्शिवाद, सरसफाइकर्मीहरु र स्थानीयबासीको सहभागिता रहेको थियो । 

चिसो मौसममा पनि सफाइकर्मीहरु हातमा मेडिकल पन्जा लगाएर खोला तथा करिडोर क्षेत्र सफाइमा २ घण्टा सक्रियतापूर्वक सहभागी भएका थिए । टोखा नगरपालिकाले ५० औँ हप्ताको सफाइ कार्यक्रम भव्यतापूर्वक मनाउने तयारी गरेको छ । केही दिनमा विष्णुमती सफाइ अभियानको अर्को चरणको सफाइ कार्यक्रम ग्राण्डी टावरदेखि मनोहरतिर्थ धामसम्म पुन सञ्चालन गर्ने नगरपालिकाले तयारी गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर