काठमाडौं : काठमाडौं टोखा नगरपालिकाको आयोजनामा ३३ औँ हप्ताको विष्णुमती सफाइ अभियान सम्पन्न भएको छ । टोखा वडा नं. ३ र बुढानिलकण्ठ ६ को भन्चोको विष्णुमती करिडोर क्षेत्रमा सफाइ सम्पन्न भएको हो ।
सफाइ कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीसहित जनप्रतिनिधिहरु, नगर प्रहरी, वातावरण शाखा प्रमुख ई.अनुषा शर्मा, सशस्त्र प्रहरी, लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, लायन्स क्लव आर्शिवाद, सरसफाइकर्मीहरु र स्थानीयबासीको सहभागिता रहेको थियो ।
चिसो मौसममा पनि सफाइकर्मीहरु हातमा मेडिकल पन्जा लगाएर खोला तथा करिडोर क्षेत्र सफाइमा २ घण्टा सक्रियतापूर्वक सहभागी भएका थिए । टोखा नगरपालिकाले ५० औँ हप्ताको सफाइ कार्यक्रम भव्यतापूर्वक मनाउने तयारी गरेको छ । केही दिनमा विष्णुमती सफाइ अभियानको अर्को चरणको सफाइ कार्यक्रम ग्राण्डी टावरदेखि मनोहरतिर्थ धामसम्म पुन सञ्चालन गर्ने नगरपालिकाले तयारी गरेको छ ।