२०८२ असार १४ गते शनिवार / Jun 28 , 2025 , Saturday
२०८२ असार १४ गते शनिवार
Ads

रवि लामिछानेलाई हिरासतमै पठाइयो

shivam cement
मध्यान्ह
२०८१ पुष २८ गते १६:१५
रवि लामिछानेलाई हिरासतमै पठाइयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ ।

आइतबार काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा जिल्ला अदालत काठमाडौंमा रास्वपा सभापति लामिछानेको बयान भएको थियो । तर थुनछेक बहस आज नहुने भएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको हो ।

उनी आइतबार काठमाडौंं जिल्ला अदालतमा हाजिर भएका थिए । उनी हाजिर भएलगत्तै न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको थियो ।

थुनछेक बहसमा पहिला सरकारी वकिलको कार्यालयको तर्फबाट बहस हुनेछ । त्यसपछि लामिछानेका कानुन व्यवसायी तथा जाहेरवालाका कानुन व्यवसायीले बहस गर्नेछन् । 

यसअघि कास्कीस्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी रिहा भएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise