२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

दलित पत्रकार संघ कोशी प्रदेशको अध्यक्षमा विश्वकर्मा चयन

himalayanlife
२०८१ पुष २८ गते २०:२८
Shares
दलित पत्रकार संघ कोशी प्रदेशको अध्यक्षमा विश्वकर्मा चयन

धनकुटा : राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको प्रथम अधिवेशनबाट मोरङका किशोर विश्वकर्मा अध्यक्ष चयन भएका छन् । 

विश्वकर्माको अध्यक्षतामा १५ सदस्य प्रदेश समिति गठन गरेको छ । जसको उपाध्यक्षमा अनिता रसाइली र मेनुका विश्वकर्मा, सचिवमा राकेश नेपाली, सहसचिवमा मिन्टु दास र कोषाध्यक्षमा लीला घिमिरेलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा खेममाया शिवा, चिरञ्जिवी शंकर, नरेष खाती, भुपाल सुर्खेती, आयुष्मा शंकर, खिरालाल विश्वकर्मा, राजन ठटाल, सुनिता रसाइली लगायत छन् । त्यसैगरी निवर्तमान कोशी प्रदेश अध्यक्ष नैन विश्वकर्माको संयोजकत्वमा रणध्वज लुहार र पदम सरदार सदस्य रहेको ३ सदस्य सल्लाहकार समितिसमेत गठन गरेको छ । 

धनकुटाको छथरजोरपाटीमा सम्पन्न भएको अधिवेशन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री राजेन्द्रकुमार राई, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडी वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, नेपाल पत्रकार महासंघका केशी प्रदेश अध्यक्ष भरत खड्का, महासचिव हिमा चेम्जोङ, आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) का कोशी प्रदेश अध्यक्ष सन्तविर लामा, गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदी, दलित एकता समाजका अध्यक्ष कोपिला शंकर लयायतले कोशी प्रदेशमा हुने सबैखाले विभेद अन्त्य गर्ने एकजुट हुनपर्नेमा जोड दिए । 

सो अवसरमा कोशी प्रदेशका अगुवा पत्रकार पिवी दियाली र विसे नगर्चीका लेखक दिपेन्द्र तिमल्सिनालाई अभिनन्दन गरिएको छ । लामो समयदेखि बिरामी रहेका पत्रकार दियाली संघको केन्द्रीय सदस्य पनि हुन् । 

त्यसैगरी सामुदायिक रेडियो प्रशारक संघ(अकोराव)को केन्द्रीय उपाध्यक्षमा निर्वाचत संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीलाई पनि सम्मान गरिएको छ । संघले नेपाल पत्रकार महासंघमा निर्वाचित कोशी प्रदेश अध्यक्ष भरत खड्का, महासचिव हिमा चेम्जोङ, सचिव अरविन्द मेहेता, प्रदेश सदस्य किशोर विश्वकर्मा, धनकुटा अध्यक्ष विदुर खवाससहित महासंघको विभिन्न जिल्लामा निर्वाचितहरुलाई पनि सम्मान गरेको छ । 

घोषणापत्र जारी 

राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको प्रथम अधिवेशन १० बुँदे घोषणापत्र जारी गर्दै धनकुटामा सम्पन्न भएको छ । 

सो अधिवेशनले कोशी प्रदेशका सबै स्थानीय तहले सञ्चार नीति बनाउँदा दलितमैत्री बनाउनुपर्ने, प्रदेश सरकारले ल्याउन लागेको प्रदेश काउन्सिलमा दलित समुदायका पत्रकारको अनिवार्य सहभागीता हुनुपर्ने, प्रदेशमा कोशी प्रदेश सरकारमा दलितलाई फुल मन्त्री बनाइनुपर्ने, दलितमाथि भइरहेका विभेदको अन्त्य हुनुपर्ने लगायतका माग राखिएको छ । 

साथै छथरजोपाटी गाउँपालिकालाई कृषि र पर्यटनको हब बनाउन माग पनि गरिएको छ । संघका कोशी प्रदेश अध्यक्ष नैन विश्वकर्माको अध्यक्षतामा भएको सो अधिवेशनको सञ्चालन रणध्वज लुहार र स्वागत मेनुका विश्वकर्माले गरेकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर