२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

जुम्लामा जन्म र मृत्युमा चामल दिने कार्यक्रमः २० किलोबाट बनाइयो ३० किलो

draupadi film
दिलमाया शाही
२०८१ पुष २८ गते २०:४५
जुम्लामा जन्म र मृत्युमा चामल दिने कार्यक्रमः २० किलोबाट बनाइयो ३० किलो

जुम्ला : कर्णाली सरकारले जन्म र मृत्युमा दिने चामल जुम्लामा प्रभावकारी बन्दै गएको छ । चालु आर्थिक वर्षमा एक सय ८९ जनाले जन्म र मृत्युमा चामल लिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा जन्ममा सेवा लिनेको संख्या १ सय ६४ र मृत्युमा सेवा लिनेको संख्या २५ रहेको छ ।

कार्यालय प्रमुख मनोज जोशीका अनुसार २०८१ भदौदेखि ३० किलो वितरण गरिँदै आएको छ । यसअघि २० किलो दिने गरिएको थियो । उनले भने, ‘गत भदौ महिनामा जानकारी आएपछि अहिले बढाएर ३० किलो चामल जन्म र मृत्युमा दिइरहेका छौँ । जसमा दुई लाख ९८ हजार नौसय ५० कोचामल वितरण गरिएको छ, भने ८५ हजार पाँच सय ज्याला रकम समेत दिइएको छ ।’

त्यस्तै कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा भने ७ सय ९६ जनाले सेवा लिएका छन् । जन्ममा सेवा लिनेको संख्या ७ सय ३३ जना छन् भने मृत्युमा ६३ जनाले सेवा लिएका छन् । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको पालादेखि कर्णालीभरी सरकारले जन्म र मृत्युमा चामल दिने गरेको छ ।  

वि.सं २०७३ सालमा कर्णालीमा जन्म र मृत्युमा २० किलो निःशुल्क चामल दिने कार्यक्रम पछिल्लो समयमा प्रभाकारी हुँदै आएको छ । कार्यालयका अनुसार चामल लिन आउनेलाई ज्याला समेत दिने सरकारको नियमानुसार काम भइरहेको छ । यस आर्थिक वर्षमा ३६ जनालाई एक हजारका दरले ३६ हजार, ७३ जनालाई पाँच सयका दरले ३६ हजार पाँच सय उपलब्ध गराइएको छ । सरकारले यो कार्यक्रममा न्युन आयस्तर भएका वर्गका निम्ती सहयोग पुगेको सेवाग्राहीले बत(ाएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise